अध्यक्ष ओलीले सरकारको प्रस्ताव अस्वीकार गर्नुभयो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गर्नुभएको छ  ।

अध्यक्ष ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

कार्की केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुग्नु भएको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताउनुभयो ।

कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ५५ बजे