अग्नि सापकोटा सभामुख कि गठबन्धनको प्यादा ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा माओवादीको कार्यकर्ता बन्नुभएको भन्दै आपत्ति जनाउनु भएको छ । राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा सामेल हुनुभएको बताउनुभयो । सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ‘पर्सी संसद सुरु हुँदैछ, हामीले सोध्नेछौं सभामुख के हो ? पार्टी फुटाउने षडयन्त्रमा सामेल हुने तत्व ? एमालेको विरोध गर्ने षड्षन्त्रको अखडा ? तपाईं सभामुख हो कि गठबन्धनको प्यादा ? पर्सी सोध्छौं ।’

सभामुखले पदीय मर्यादा निभाउन नसकेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो  ‘सभामुखको कुर्सीमा बसेर संसद् पुनर्स्थापना अधिनायकवादको पराजय भन्ने, कुनै महत्व थाहा छैन, भेलु थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ, कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो, त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन्  ?’ 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : १७ बजे