मन्त्रिपरिषद् विस्तार गर्दा सरकार नै ढल्छ भन्ने डर छ : नेम्वाङ

काठमाडौं– नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने अवस्था रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताउनुभएको हो ।

‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ’, नेम्वाङले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’ दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङको टिप्पणी थियो । 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : १० बजे