‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बन्दुक बेचबिखन गरेको अभियोगमा पक्राउ

मोरङ – बेलबारी नगरपालिका-१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान, फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार बरामद गरेको छ ।

लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : २२ बजे