प्रचण्ड र माधवलाई वाम एकता पचेन : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई वाम एकता नपचेको बताउनु भएको छ ।

युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाउनुभयो । 

नेता बस्नेतले भन्नुभयो- ‘प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ । भक्तपुर आएर हराउँछु भन्नुभएछ, पछिल्लो गतिविधिले नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ । अझ माओवादी र एसको हालत के होला? च्याखे थाप्नेहरूको चर्चा हुँदैन ।’ केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उदघाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिनुभएको थियो ।

अहिलेको सरकार काम गर्नेभन्दा पनि हल्ला गर्नेमात्रै भएको नेता बस्नेतले बताउनुभयो । ‘काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौँ । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरू हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,’ बस्नेतले भननुभयो, ‘५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उद्घाटन गरे । दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।’

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : १२ बजे