विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सेयर बजार १६२ अंकले बढ्यो

काठमाडौँ – आज सेयर बजार १६२ अंकले बढेको छ । ५.७४ प्रतिशतले बजार बढेर २९८० अंक कायम भएको छ ।

अर्थमन्त्री जनादर्शन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई आज फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन निर्देशन दिएका थिए । सो निर्देशनको समाचार बाहिरिएसँगै बजार बढेको हो ।

हिजो ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब ८२ करोडमा सीमित भएको छ । यस दिन सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन् । 

यस दिन कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ। ५ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । 

त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी, हिमालयन पावर, छ्याङ्दी हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, सप्तकोसी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, साङ्ग्रीला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा माइ हाइड्रोपावर, पाँचथर पावर, लुम्बिनी विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, गरिमा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ । 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ०१ बजे