थप तीन सदस्यद्वारा एकीकृत समाजवादीमा सनाखत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा ९एमाले०बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ । 
 
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलको पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो । 

नेताद्वय सोडारी र तामाङ क्रमशः एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । 

प्रदेशसभामा अब एमाले १२ जनामा सीमित भएको छ । सभामुखसहित २५ सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । 

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ सदस्य छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ३४ बजे