नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई एमालेको आग्रह 

​​​​​​​काठमाडौँ । नेकपा(एमाले)ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गर्नुभएको हो । 

''विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधीभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता कृयाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ। 

देशैभरका जनप्रतिनिधिहरुलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको गलत उक्साहटमा नलाग्न आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । 

एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ।।

यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।  

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ३८ बजे