काठमाडौं – नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाई गरेपछि सेयर बजार परिसूचक नेप्सेमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नकारात्मक सर्किटब्रेक लागेको छ । हाल नेप्सेको कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।
११ बजे देखी सुरु भएको शेयर कारोबारमा २ घण्टाको अवधिमा नेप्से १४७.३१ अंकले घटेर २७७९ अंकमा झरेको छ । शेयर बजारमा यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो। यसअघि शेयर बजारमा १२३ अंकको गिरावट आएको थियो ।
प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार १ : ३२ बजे
प्रतिक्रिया