काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार भएकोमा चालु साताकाे पहिलाे दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार १२ : १३ बजे
प्रतिक्रिया