‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

हभाना । क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् ।

क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो ।  

बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिथक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ । 

उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ ।

क्युवामा देशभरी गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरु मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ । 

सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् ।  

क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  
 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ४८ बजे