सुनको मूल्यमा नयाँ कीर्तिमान

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौँ । ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो । 

काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रहरी उपरीक्षक एवं प्रवक्ता सञ्जिव शर्मा दासलगायतको उपस्थितिमा २०० बोटबिरुवा रोपण गरिएको छ ।  सो अवसरमा तेजपत्ता २५, धुपी १२, अम्बा सात, चिउरी आठ, रुद्राक्ष १६, रिठ्ठा १४, शिरिष नौ, मलागिरी पाँच, बकाइनो आठ र कल्की फूल १० लगायतका फलफूल तथा बोटबिरुवा रोपिएको महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ३५ बजे