वामदेव गौतमद्वारा नेकपा एमालेबाट राजिनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजिनामा दिनुभएको छ। शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर गौतमले राजीनामा बुझाउनुभएको हो ।

स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाउनुभएको छ ।
गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर घर फर्किनुभएको छ ।

एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जाने तयारी गरिरहनु भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : २४ बजे