‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जागिर लगाईदिन्छु भनि ७ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने पक्राउ

रौतहट – जागिर लगाईदिन्छु भनि विभिन्न ५ जना व्यक्तिहरू मार्फत् नगद ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका-१ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई सोही गाउँपालिकास्थित सुकदेवचौकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका-८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रलोभन र गफलतमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाईदिन सक्छु, सो भएन भने विदेशमा राम्रो काममा पठाई दिन्छु भन्दै उक्त नगद ठगी गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : २९ बजे