‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने हुनुभएको छ । 
गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो । 

प्रधानमन्त्री सुगामाथि सर्वसाधारणको समर्थन ह्वात्तै घटिरहेका बेला उहाँले आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताउनुभएको हो । । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण जापान नराम्रोसँग प्रभावित छ । अहिलेसम्म १५ लाख जापानी कोरोनाबाट संक्रमित भएका छन् । कोभिडबीच ओलम्पिक खेल आयोजना गर्ने सरकारको घोषणा अलोकप्रिय सावित भएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ५३ बजे