‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकामा बाढी र आँधी ;४४ को मृत्यु

न्युयोर्क – अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । 

    “म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भन्नुभयो । बाढीका कारण आफ्नो रेष्टूरेन्ट पनि पुरै डुबानमा परेको र धेरै क्षति भएको समेत उहाँले जानकारी दिनुभयो । 

    “म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी बर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उहाँले थप्नुभयो । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए । 

    मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा रख्नुभयो । 
उहाँले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगाउनी आवश्यक रहेकोमा जोड दिनुभयो ।

     अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उहाँले जीवन वा मरणको सवालको रुपमा उल्लेख गर्नुभयो । समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् । 

रासस÷एएफ

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ४० बजे