देउवालाई महेशको काउन्टर : ‘भक्तपुरमा काँग्रेसले जमानत पनि जोगाउँदैन’  

काठमाडौं । नेकपा एमालेका नेता एव पुर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा काँग्रेसले चुनाव जित्छु भनेर कल्पना गर्नु नै बेकार भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भक्तपुरको एक कार्यक्रममा महेश बस्नेतलाई दुर्भल थापासँग चुनाव लड्न चुनौती दिनुभएपछि नेता बस्नेतले चक्रपथसँग भन्नुभयो,–‘देउवाजी ले आज जुन वडामा गएर चुनौती दिनुभयो त्यो वडा नै काँग्रेसले हारेको वडा हो । ’ चुनाव हारेको वडामा गएर एमालेलाई चुनौती दिनु हांस्यास्पद अभिव्यक्ति भएको उहाँले बताउनुभयो ।

बस्नेतले देउवालाई चुनौती दिदै भन्नुभयो, ‘ दुर्लभ थापाको त कुरै छोडनुस, देउवा नै उठनु भयो भनेपनि भक्तपुरमा जित्नुहुन्न ।’ दुर्लभ थापाको भक्तपुरको ५ नम्वर वडा हो, त्यहाँ एमालेका राजकुमार जोशीले यसअघिको चुनावमा फराकिलो  मतान्तरले चुनाव जितेर वडा अध्यक्ष हुनुभएको छ । दुर्लभ थापालाई म जमानत जोगाउन चुनौती दिन्छु जमानत जोगाउन ५ प्रतिशत भोट ल्याउनुपर्छ, त्यति ल्याएर देखाउनुस बस्नेतले भन्नुभयो । नेता बस्नेतले काँग्रेसले भक्तपुरमा जित्छु भनेर सपना नदेख्न सुझाब दिनुभयो । जित्ने चाहि होइन कसरी जमानत जोगाउने त्यतातिर चाहि सोच्नुस उहाँले भन्नुभयो । बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गर्नुभएको थियो ।

 
 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ०२ बजे