माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

पर्वतमा पहिरो :  ज्यान गुमाउनेको संख्या ६ पुग्यो

काठमाडौं । पर्वतमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३ मध्ये थप एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । पहिरोमा पुरिएर बेपत्ता भएकी ७५ वर्षीया कौशिला पौडेलको शव भेटिएको हो ।

सोही पहिरोमा परेर १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको ज्यान गएको थियो । अझै २ जना बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको डीएसपी बुढाथोकीले बताउनुभयो । ज्यान गुमाउने कौशिला,विमला र विनिता तथा बेपत्ता २ जना एकै परिवारका हुन् ।

कुश्मा ११ पकुवामा गएको पहिरोमा पुरिएर शुक्रबार नै ३५ वर्षीय दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको ज्यान गएको थियो । पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : २४ बजे