पद छोड्न नसक्ने मानसिकताले महाधिवेशन पर धकेलियो : पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदलाई स्थायी सम्झेर छोड्न तयार नहुने मानसिकताले गर्दा महाधिवेशन पर धकेलिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवामाथि आक्रोश पोख्दै पौडेलले भन्नुभयो,–‘देउवाको ठाउँमा म प्रधानमन्त्री भएको भए उनले गर्न नसकेका काम गर्थे र देशमा  सुशासन कायम गर्थेे । देउवामा न्याय, निष्पक्षता र पारदर्शीता केही छैन ।’

पौडेलले प्रधानमन्त्री देउवा आफ्ना मान्छेलाई मात्र पदमा थुपारेर गुटबन्दी गर्ने नेता भएको आरोप लगाउनुभयो । ‘यो सरकार बन्ने क्रममा आफूले सक्रिय भूमिका खेले तर सभापति देउवाको नेतृत्वमा सरकार बनिसकेपछि हामी बेवास्ता भयौं ।’ पौडेलले भन्नुभयो । देउवाले विभिन्न तत्वहरुसँग साँठगाँठ गरेको र चुनावमा पनि साँठगाँठ गरेरै आफूलाई हराएको उहाँको आरोप थियो ।  

विशाल आचार्य

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : ०७ बजे