एमसीसीका उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको बताउनुभएको छ ।

अस्थिर राजनीतिक अवस्थामा एमसीसीका उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदै गरेको रावलले ट्विटरमा उल्लेख गर्नुभएको छ । ‘यो सरकार जनअनुमोदित पनि नभएको र देशलाई दीर्घकालिन असर गर्ने कुनै सम्झौता गर्ने अधिकार पनि नभएको’ रावलले उल्लेख गर्नुुभएको छ । ट्वीटमा उहाँ भन्नुहुन्छ,–‘नेपालमा द्वन्द्वपछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’
 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ३६ बजे