माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

ताप्लेजुङमा​​​​​​​ ढुङ्गाले किचेर निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।

बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए । रासस

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ३० बजे