साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपाल भारतबीचको फुटबल खेल बराबरीमा टुंगियो

काठमाडौं । नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तगर्तको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता बनाएपनि भारतले खेलमा फर्किदै गोल गरेपछि १–१ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । अनिरुद्ध थापाले ६० औं मिनेटमा गोल फर्काउँदा भारतले खेलमा वापसी गरेको थियो । उक्त गोल नै खेलको अन्तिम गोल रहन गयो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ९ : १५ बजे