माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १४ हजार ६५० जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ८४६ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३३ हजार ९४६ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १६ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ७८६ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ४ : ३३ बजे