अझै एक साता मन्त्रिपरिषद् विस्तारबारे कसैले चुइँक्कसमेत नगर्ने : माधव नेपाल 

काठमाडौं । मन्त्रीपरीक्षद् विस्तार नगरेर चौतर्फी आलोचना खेपिरहेको वर्तमान सेरबहादुर देउवाको सरकारले अझै पुर्णता नपाउने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएसँगै अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।   

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन् । 

सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन् । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन् ।’

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् । 

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । 
नेता माधव नेपालको दल जनतासमाजवादीमा मन्त्री बन्नेको आकाक्षा बढेको र तत्काल सरकार विस्तार गरे समाजवादी तत्काल फुट्ने डर नेता माधव नेपाललाई छ । आफुलाई दल विभाजन गर्न सहज हुने गरी ल्याइएको अध्यादेश आज आफ्नै पार्टी विभाजन हुने खतरा बढेपछि नेता नेपाल सरकार विस्तार नगरी अलमल गराइरहेका छन् । 
 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ४ : २० बजे