प्रदेश २ का ११ जना एमाले प्रदेश सांसदले रोजे नेकपा एस

काठमाडौं । प्रदेश २ का ११ जना एमालेका प्रदेश सांसदले नेकपा ९एकीकृत समाजवादी०लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार  १० जना सांसद भौतिक रुपमा र एकजनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका हुन् । 

पत्रमार्फत भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकाकरी दिए । विशेष कामले काठमाडौं रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न छुटेका सांसद महतोले बताए । प्रदेश २ मा एमालेका २१ सांसद छन् ।  

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ४ : १२ बजे