बाढीले कार बगाउँदा दाङमा चार जनाको मृत्यु

दाङ । दाङमा बाढीले कार  बगाउँदा चार जनाको मृत्यु भएको छ । 

घोराही–लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले गए राति कार बगाउँदा चार जानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको स्कार्पियो कारलाई बाढीले बगाएको हो ।

गए राति सिस्ने खोलामा आएको बाढीले बगाउँदा उक्त कारमा सवार घोराही उपमहानगरपालिका–१३ निवासी नितामाया मगर, सुशीला श्रेष्ठ , घोराही उपमहानगरपालिका–१४ निवासी राधा श्रेष्ठ कुँवर र विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  उनीहरू सबै गाडीसँगै बगेका थिए ।

दुई जनाको राती नै सब निकालिएको थियो भने बेपत्ता भएका दुई जनाको भने आज बिहान सब भेटिएको प्रहरीले जनाएको छ । 

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । पुनको खुट्टा भाँचिएको र उनको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको  छ  ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ८ : ४७ बजे