‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतसँग जोडिएका २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ०९ बजे