काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।
बुधबार सरकारले दर्शक रंगशाला प्रवेशलाई स्वीकृत दिएको हो । सरकारको सो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शर्शक प्रवेशको तयारी थालेको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार ५१ सय दर्शक मैदान प्रवेश पाउनेछन् । पूर्ण खोप लगाएका दर्शक मात्र रंगशालामा छिर्न पाउने छन् ।
यस्तै, पिसिआर रिपोर्ट भएका दर्शकलाई रंगशाला छिर्न दिने एन्फाले बताएको छ । टिकट दर भने अहिलेसम्म तय भएको छैन । एन्फाले बैठकर राखे टिकट दर तय गर्ने बताएको छ ।
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ३ : ३४ बजे
प्रतिक्रिया