चितवन – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम)रासस को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भन्नुभयो ।
पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उहाँलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बन्नुभएका उहाँलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।
प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ६ : ५७ बजे
प्रतिक्रिया