सुदूरपश्चिम र प्रदेश–१ को प्रदेश प्रमुख फेर्ने विषययमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । आजको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम र प्रदेश–१ को प्रदेश प्रमुख फेर्ने विषययमा छलफल हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : १२ बजे