अध्यक्ष प्रचण्डले भेटे खनाललाई 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता  झलनाथ खनाललाई भेट्न निवास पुग्नुभएको छ ।

प्रचण्ड आज बिहान डल्लुस्थित खनालको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। भारतमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किनुभएका  खनाल अहिले घरमै आराम गरिरहनुभएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ५९ बजे