बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले पदबाट राजीनामा दिनुभएको छ ।

एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएका खनालले आज पदबाट राजीनामा दिनुभएको हो।  एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त हुनुभएको थियो। हिजो उहाँले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित समाजवादी पार्टी रोज्दै सनाखत गर्नुभएको थियो ।

आफूले अर्कै दल रोजेकाले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। एमालेका ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ। 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ३१ बजे