माधव नेपालले अर्को पार्टी चलाउन सक्दैनन् : तामाङ

काठमाडौं । नेकपा एमालेका नेता एवं कार्यलय सचिव शेरबहादुर तामाङले माधव नेपालले अर्को पार्टी चलाउन नसक्ने दाबी गर्नुभएको छ । नेकपा एमाले फुटाउन शीर्ष नेताहरुले कसम खाएको र त्यसमा माधव नेपालले सक्रिय भूमिका निर्वाह गरेको भन्दै त्यसको जनताले हिसाब किताब खोज्ने तामाङ्गले बताउनुभयो ।

रेडियोको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘पार्टीबाट जान चाहने जो कोहिलाई हामी काडेँतार लगाउँदैनौ, ब्यक्तिले आफ्नो नैसर्गिक अधिकार प्रयोग गर्न पाउछ, नेकपा एमालेले कसैलाई बाधेर थुनेर  राख्दैन ।’ फरक प्रसंगमा बोल्दै उहाँले प्रदेश नम्बर एक र बाग्मती प्रदेशमा नेकपा एमालेकै सरकार रहने ठोकुवा गर्नुभयो ।

उहाँले सभामुखको कार्यशैलीको विरुद्धमा आफुहरु कानुनी उपचारमा जाने पनि बताउनुभयो । सभामुख सापकोटा सभामुख भन्दा बढि राजनीतिक दलको कार्यकर्ता बनेको भन्दै त्यसमा कानुनी उपचार खोजिने उहाँको तर्क थियो । 
विशाल आचार्य

 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ३० बजे