कांग्रेस १४औं महाधिवेशन :  कल्याण गुरुङ पनि सभापती पदमा भिड्ने

काठमाडौं।  नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र भएको भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् भने थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नीधिले त  नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै  खोल्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको गुरुङको भनाइ छ ।
 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ४१ बजे