‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा पिसिआर परिक्षण गर्दा थप ५ हजार ६५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

आज थप ३३ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५२ बजे