सत्तारूढ गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डामा कुरा मिलेन

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको गठबन्धनका नेताहरूको बैठकमा मन्त्रालय भागबण्डामा अझै असहमति देखिएको बताईएको छ । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेको छैन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ । त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएको छ स्रोतले भन्यो ।

अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । देउवा नेतृत्वको सरकार बनेको ४९ दिन वितिसक्दा पनि नेताहरु ले मन्त्रालय बाँडफाँड मिलाउन नसक्दा तिब्र आलोचना हुन थालेको छ । दैनिक मन्त्रिपरिषद बिस्तारमा छलफल केन्द्रित भएपनि माधव समूहले ८, माओवादीले ८ र उपेन्द्र यादवले ६ मन्त्रालय दाबी गरेका कारण सहमती जुट्न नसकेको हो । 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : ०८ बजे