नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने 

काठमाडौं । नेपाल परिवार दलको बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रिय कार्यसमितिको हिजो बसेको बैठकले महाधिवेशन कार्तिकमा गर्ने निर्णय गरेको हो ।
केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसंग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गर्नुभयो । नेता ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोजेको बताउनुभयो ।  ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने बताउनुभयो  ।  

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : १० बजे