‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जनस्तरबाट व्यापक विरोध भएपछि एपी वान टिभिले बन्द गर्‍यो एमसीसीको विज्ञापन

काठमाडौं – अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रशारण भइरहेको विज्ञापन एपी वान टेलिभिजनले बन्द गरेको छ । जनस्तरबाट व्यापक विरोध भएपछि उक्त विज्ञापन बन्द गरिएको सो टेलिभिजनले जनाएको छ ।

‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दायित्व पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ,’ टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ ।

एमसीसीको विज्ञापन पहिलोपटक एपीवान टेलिभिजनमा बजाउन थालिएको थियो । एमसीसीबारे विभिन्न अफवाहहरु फैलिएकाले सन्देशमूलक विज्ञापन बनाएर प्रशारण गरिएको एमसीए नेपालले जनाएको छ । विज्ञापनले एमसीसी परियोजना कसरी नेपालको हितमा छ भन्ने बुझाउन खोजिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : १८ बजे