सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको बताइएको छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ ।  देउवा नेतृत्वको सरकार बनेको ४९ दिन वितिसक्दा पनि नेताहरु ले मन्त्रालय बाँडफाँड मिलाउन नसक्दा तिब्र आलोचना हुन थालेको छ । दैनिक मन्त्रिपरिषद बिस्तारमा छलफल केन्द्रित भएपनि माधव समूहले ८, माओवादीले ८ र उपेन्द्र यादवले ६ मन्त्रालय दाबी गरेका कारण सहमती जुट्न नसकेको हो । कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने बिषयको टुंगो लगाउन आजको बैठक केन्द्रित छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : १३ बजे