कल्याण गुरुङले कांग्रेस सभापतिमा उमेदवारी घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी घोषणा गर्ने भएका छन् ।

त्यसका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषण गर्न लागेका हुन् । कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ०७ बजे