काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि संख्या नपुगेको बताउनुभएको छ ।
आज आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा उहाँले तत्काल नयाँ सरकार नबन्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘पार्टीले निर्णय गरेको छ । तर संख्या पुगेकै छैन,संख्या नपुगेसम्म नयाँ सरकार बनाउन सकिँदैन । ’
‘पत्रकार सम्मेलनमा देउवाले तत्काल सरकार निर्माण संभव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ।’
प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ३ : ३२ बजे
प्रतिक्रिया