जबज मान्दिन भनेपछि प्रदीप नेपालले छोडे माधवको साथ

काठमाडौं । माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गर्नुभएको छ । बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको भन्दै नेपालले सामाजिक सञ्जालमार्फत असन्तुष्टी व्यक्त गर्नुभएको हो । सामाजिक सञ्जालमा नेपाल लेख्नुहुन्छ, –‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’ पछिल्लो समय निस्क्रिय अवस्थामा रहनुभएका नेपाल नेकपा (एस) को सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको थियो ।

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ५४ बजे