‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ – चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
 
    समाचारअनुसार उहाँहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ ।

    यसका अतिरिक्त उहाँहरुबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
  
    त्यस क्रममा उहाँहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।
 
    अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताउनुभएको थियो ।  
 
    साथै उहाँले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताउनुभयो ।
 
    यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उहाँले बताउनुभयो ।
 
    हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।
 
    आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविश्य निर्धारण हुने पनि उहाँहरुबीच कुराकानी भएको सो समाचर समितिले जनाएको छ ।
 
    अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरुलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताउनुभयो ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ३२ बजे