मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपतिद्वारा दुख व्यक्त

​​​​​​​काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक‚लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनको खबरले आफू दुखी भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गर्दै राष्ट्रपति भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक‚लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनको खबरले आफू दुखी भएको बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा वरिष्ठ प्रगतिवादी समालोचक भट्टको  योगदान सदा स्मरणीय रहने बताउनु भएको छ । उहाँले ट्विट मार्फत  स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा गहिरो समवेदना समेत प्रकट गर्नु भएको छ ।

 

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ४३ बजे