‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिकी हवाई आक्रमणमा परि एकै परिवारका ९ जनाको मृत्यु

 अफगानिस्तान – काबुलमा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा परि एकै परिवारका ९ जनाको मृत्यु  भएको छ । आइतबार अमेरिकी हवाई सेनाले गरेको ड्रोन हमलामा परि एकै परिवारका ९ सदस्यको मृत्यु भएको सञ्चारमाध्यम तासले लेखेको छ । 

हमला हुनु भन्दा अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले ३६ घन्टासम्म आक्रमण हुन सक्ने सम्भावना रहेको र  अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनालाई निर्देशन समेत दिएका  थिए ।

काबुलस्थित अमेरिकी दूतावासले अमिरिकी नागरिकहरूलाई काबुल विमानस्थल नजान र विमानस्थलमै बसेको भए सुरक्षित स्थानमा जान आह्वान गरेको थियो । काबुल विमानस्थलबाहिर मुस्लिम अतिवादी संगठन आइएसआइएसले  बिहीबार साँझ गराएको दुई वटा बिस्फोटमा परि १३ जना अमेरिकी सैनिकसहित एक सय ७० को मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : १० बजे