रविलाई भोलि काठमाडौं ल्याइने

संघर्ष र सफलताको सांस्कृतिक स्रोत : श्रीकृष्ण जन्माष्टमी ! 

आज भदौ कृष्ण पक्षको अष्टमी तिथि, श्रीकृष्ण जन्माष्टमी पर्व । हरेक वर्ष भाद्र कृष्ण पक्षको अष्टमीका दिन हिन्दु सनातनीहरू श्रीकृष्णको जन्मोत्सव मनाउँछन् । कसैलाई सम्झनु, सम्मान गर्नुको विशेष अर्थ हुन्छ । गतिला मानिसहरूको सम्झना लामो समयसम्म भइरहन्छ । समाजलाई उचित मार्गदर्शन गर्ने, असहजताबाट पार पाउन उत्प्रेरित गर्ने व्यक्तिहरू सदाकाल स्मरणीय र सम्मानित हुन्छन् । त्यस्ता व्यक्तित्वहरूप्रति मानिसहरूको सद्भाव, सम्मान र सकारात्मक सोच रहिरहन्छ । यसैको निरन्तरताको रूपमा आज श्रीकृष्णका जन्मका कथा र जीवनका लीला सुन्ने, गाउने, मञ्चन गर्ने गरिन्छ ।  

हिन्दु सनातन संस्कृतिको विकास र विस्तारमा गीत—सङ्गीत र कथाको ठूलो भूमिका रहेको देखिन्छ । यस संस्कृतिमा उमेरअनुसार सुहाउँदा गीत र कथा छन् । इतिहास, घटना, प्रवृत्ति, संघर्ष, उपलब्धि आदि सबैका लागि गीत र कथाको प्रयोग हुने गर्दछ । गाउँ—घरतिर घरघरमा पुगेर गाइने समुदायका मानिसहरूले सारङ्गीको धुनसँगै सुनाउने गीतको ठूलो अर्थ र महत्व रहेको छ । यस्ता गीतहरूले मानिसको ध्यान आकर्षित गर्ने, मनोरञ्जनसँगै घखास घटनाका बारेमा पनि जान्ने अवसर प्राप्त गर्दथे । 

त्यस्तै, विभिन्न अवसरहरूमा लगाइने ज्ञानमहायज्ञ गरेर श्रीमद्भागवत, देवीभागवत, हरिवंशमहापुराण, गरुडपुराण, स्वस्थानी कथा सुन्ने विषयको पनि ठूलो महत्व रहेको छ । यी कथाका माध्यमबाट मानिसहरूले नैतिक ज्ञान, स्वच्छ आचार, संयम, धैर्य, योग, भक्ति प्राप्त गर्दछन् । कथा श्रवणको माध्यमबाट विगतमा मानवजातिले गरेका संघर्षका बारेमा जानकारी प्राप्त हुन्छ । 

विभिन्न सन्दर्भमा वेदपाठ गर्ने प्रचलन छ । वेद प्राचीनतम अनुभवहरूको सँगालो हो । वेद कुनै एक जना व्यक्तिले लेखेको होइन । यसलाई अपौरुषेय भन्नुको तात्पर्य यही हो । अहिले वैदिक र लौकिक भनेर छुट्याइने गरेको भए तापनि वेद त्यतिबेलाको लौकिक अनुभव, अनुभूतिहरूको संकलन हो । यसमा सृष्टि र सृष्टिकर्ताका विषयमा अनुमान छ । सामूहिक जीवनलाई व्यवस्थापन गर्ने प्रयत्नहरू छन् । यसमा साह्रै धेरै देवताको उल्लेख छ । अनेकौँ ऋषिहरू छन् । वेदमा सामान्य विचरण गर्ने, आक्रमण गर्ने, प्रत्याक्रमण गर्ने, सुरक्षित हुने, विषयका ज्ञान छन् । वेद मानवजीवनमा आवश्यक पर्ने अनेकौँ अनुभवहरूको भण्डार हो । वेद र पुराणहरू, रामायण, महाभारत, श्रीमद्भगवद्गीता या अन्य शास्त्र, साहित्य छन्द—लयबद्ध छन् । प्राविधिक विषयहरू पनि लयात्मक छन् । यस्तो किन होला ? किन भने लयबद्ध विषयवस्तु सम्झन सजिलो हुन्छ । 

यी सबै विषय छन्, तर संस्कृत भाषामा छन् । संस्कृत भाषा पठन—पाठन कमजोर हुँदै आयो । फलतः वेद, पुराण आदि ओझेल पर्न थाले । कथाका पनि बोक्रामा रमाउने र बोक्रालाई नै सबै कुरा ठानेर, त्यसका अन्तर्वस्तु नबुझेर, के लिने, के छोड्ने भन्नेतिर ध्यान पुर्याउन नसकेर वेद, पुराण आदि प्राचीन वाङ्मय विस्थापित हुनेतिर उन्मुख छन् । 

सामाजिक परिवर्तन वा रूपान्तरणमा संघर्षको ठूलो भूमिका छ । श्रीकृष्णको जन्म र जीवन संघर्षै संघर्षमा व्यतित भएको छ । प्रथमतः उनको जन्ममा नै ठूलो संघर्षको कथा छ । उनलाई जन्माउन र जोगाउन उनका माता—पिता देवकी र वसुदेवले गरेको संघर्षको कथाले भावुक बनाउँछ । यसले उत्साह र शिक्षा दिन्छ । कंशकै जेलको यातना नभए पनि सन्तानको जन्म र संरक्षणमा माता—पिताको कष्टकर योगदानको स्मरण गर्नुपर्ने शिक्षा श्रीकृष्ण जन्मको कथाबाट लिन सकिन्छ । 

कृष्णको अवतार— जन्म, उनका लीला— क्रियाकलापबाट अहिलेका मानिसहरूले सिक्न सक्ने र सिक्नपर्ने धेरै विषय छन् । कृष्ण जन्माष्टमी अर्थात् कृष्ण जन्मेको अष्टमी मनाइरहँदा उनको अवतार र लीलाबाट सिक्नपर्ने विषयमा ध्यान दिन आवश्यक छ । यी विषय अन्य विषयका साथै नेतृत्व विकासका दृष्टिले अत्यन्तै महत्वपूर्ण छन् । 

कृष्ण मथुरामा कंशको जेलमा जन्मेका थिए । उनलाई कंशबाट जोगाउन उनका बाबु वसुदेवले, आमा देवकी समेतको सल्लाहमा जन्मनासाथ टोकरीमा राखेर टाउकामा टोकरी बोकी यमुना नदीपारि गोकुल निवासी नन्द नाम गरेका गोप(गाई पालक किसान) को घरमा पु¥याएका थिए । त्यस अवस्थाको बारेमा श्रीमद्भागवत महापुराणमा यस्तो लेखिएको छ— 

‘मघोनि वर्षत्यसकृद् यमानुजा गम्भीरतोयौघजवोर्मिफेमिला । भयानकावर्तशताकुला नदी मार्गं ददौ सिन्धुरिव श्रिय ः पतेः अर्थात् पानी परिरहकाले यमुना निरन्तर बढ्दै थियो । पानीको प्रशस्त गहिराइमा छाल र फिँज उठिरहेको थियो । डर लाग्दो गरी सयौँ भुमरी परेका नदीले रामलाई समुद्रले झैँ बाटो दिएको थियो ।’ यसबाट के बुझिन्छ ? टाउको अर्थात् मस्तिष्कमा असल सोच र ठूलो उद्देश्य छ भने कस्तै विपत्तिले पनि बाटो छेक्दैन । हाम्रो सफलता वा असफलता हाम्रो उद्देश्य, सोच र संकल्पमा भर पर्दछ । 

श्रीकृणले कान्छी औँलाले गोवद्र्धन पर्वत उचालेको प्रसंग छ । यसको आसय स्पष्ट छ, जनता उद्देश्यमूलक ढंगले संगठित भएर जुट्ने हो भने जस्तोसुकै शक्तिलाई परास्त गर्न सकिन्छ, संकटको ठूलो पर्वत पनि उचाल्न सकिन्छ । अहिले पनि बिजुलीको बटन थिचेर, मैन बत्ती बाले, रिबन काटेर उद्घाटन अर्थात् कार्यारम्भ गरिएका उदाहरण छन् । कुनै काममा जनता उत्प्रेरित भएर लागे भने नेतृत्वले कान्छी औँलाले होइन, सासले फुकेर पनि काम सम्पन्न गर्न सकिन्छ । 

पूर्ववर्ती शक्तिशाली इन्द्रको प्रभाव थियो । मानिसहरू सबै कामका लागि इन्द्रमा भर पर्दथे । उनकै स्तुति आराधना गर्दथे । उनलाई खुसी पार्ने गर्दथे । उनीबाट आपूm सुरक्षित भएको अनुभूति गर्दथे । नत्र इन्द्रको आक्रोसको निसाना बन्नु पर्दथ्यो । तर, श्रीकृष्णले यस्तो परवश हुने परम्परा खण्डित गरिदिए । संगठित भएर इन्द्रलगायत अन्य शक्तिका विरुद्ध आपूm नेतृत्वमा उभिए । इन्द्रसँग डराएर उनको नाममा यज्ञ—आहुति, अर्थात् बलि—कर तिर्ने गरेका जनतालाई सचेत र मानसिक तथा भौतिक रूपमा सबल बनाएका थिए । इन्द्रबाट त्रसित, आपूmमाथि विश्वास गर्न नसकेका अन्धविश्वासग्रस्त जनतालाई सचेत पार्न श्रीकृष्णले यसो भनेका थिए—

‘किमिन्द्रेणेह भूतानां स्वस्वकर्मानुवर्तिनाम् । अनीशेनान्यथा कर्तुं स्वभावविहितं नृणाम् ।। मानिसका स्वभावजन्य कर्म ईश्वरले नफेर्ने भएकाले आफ्नो कर्ममा लाग्ने प्राणीलाई इन्द्र नै किन चाहिन्छ र ?’ कृष्णको यो भनाइ श्रीमद्भागवत महापुराणमा लेखिएको छ । 

कृष्णका लीलाहरूमध्ये रासलीलाका प्रमुख मानिन्छ । रासलीला भनेको रसमय—मनोरञ्जनात्मक लीला हो । कृष्णचरित्र, श्रीमद्भागवत आदिमा ती सन्दर्भ पढ्न पाइन्छ । कृष्णले घर तथा खेतीपातीको काम र पुरुष प्रधानताबाट आजित महिलाहरूलाई सामूहिक नाचगान, सभ्य मनोरञ्जनमा सहभागी गराएका थिए । यसलाई नै रास नृत्य वा रासलीला भनिएको हो । हरेक गोपिनीसँग कृष्णको उपस्थितिको विषय छ । यसको तात्पर्य हो, एउटा कुशल नायक—नेता सबैसँग एकसाथ हुन सक्दछ । कृष्णको यस्तो साथ पाएर उनीहरूले स्वतन्त्रताको अनुभूति गरेका थिए । अहिले कार्यविभाजनमा काम, मनोरञ्जन र आरामका लागि समय छुट्याइएको छ । श्रीकृष्णको समयमा रासलीलाको माध्यमबाट यसको अभ्यास नै देख्न सकिन्छ । 

तर, हामी एकातिर स्त्री स्वतन्त्रताको कुरा गर्दछौँ भने अर्कोतिर त्यस ठीक विपरित श्रीकृष्ण र गोपिनीहरू बीचको रासलीलालाई अन्यथा अर्थ लगाएर विरोध गर्दछौँ । महिला उत्पीडनका कुरा श्रीकृष्णका कुनै प्रसंगमा छैनन् । श्रीकृष्ण केन्द्रित संस्कृतिबाट हामीले महिला समानता, महिला हित संरक्षणको विषय पनि शिक्षाको रूपमा लिन सक्दछौँ । 

श्रीकृष्ण किसान थिए । कृष्णको अर्थ नै खन्ने, जोत्ने भन्ने हुन्छ । कर्षयति इति अर्थात् खन्छ, जोत्छ, आकर्षित गर्दछ जसले भन्ने नै कृष्णको वास्तविक अर्थ हो । श्रीकृष्ण एउटा किसान परिवारको सदस्यका रूपमा हली, गोठाला बनेर रहे । वनमा पाइने पूmल आभुषणको रूपमा लगाउने, मयुरको प्वाँखलाई पनि सिरमा लगाउँथे । यसको अर्थ हुन्छ — प्रकृतिका कुनै वस्तु त्याज्य छैन । उनीसँग उनका दाजु बलराम थिए । बलराम हलो बोकेर नै हिँड्ने गर्दथे । उनको नाम कृष्ण भने बाँसुरी—मुरली लिएर हिँड्थे, बजाउँथे । बलरामको हलो र कृष्णको बाँसुरीबाट बलको काम, उत्पादनको कामसँगै मनोरञ्जनको आवश्यकता हुन्छ भन्ने असय देखिन्छ नै काटमारका हतियार र युद्ध मात्र होइन, समुन्नत र सभ्य समाजका लागि उत्पादन (हलो) र मनोरञ्जन (बाँसुरी र रास) महत्वपूर्ण विषय हो । समृद्धि र सुखको कुरा श्रीकृष्णको जीवनबाट सिक्न सकिन्छ । 

श्रीकृष्णको कथाका अन्य प्रसंग पनि सारगर्भित र प्रेरणादायी देखिन्छ । समाजले उच्च व्यक्तित्वका रूपमा श्रीकृष्णको पूजा गरे पनि उनी पूजाको पक्षमा थिएनन् । ‘मानिसका स्वभावजन्य कर्म ईश्वरले नफेर्ने’ कुरा उनले स्वयं भनेका छन् । उनी कहीँ वंश परम्परा र विरासत पाएको राज्यको अधिपति बनेनन् बरु, आफ्नै बलबुताबाट आर्जित राज्यको राजा बने अर्थात् ठूलो संघर्षको बलमा उनी राज्यका प्रमुख बने । क्रान्ति गर्नेहरूका लागि यो ठूलो प्रेरणा होइन र ? 

हरेक वर्षझैँ यस वर्ष पनि कृष्ण मन्दिरहरूमा ‘बालकृष्ण’लाई झोलुङ्गोमा झुलाइने छ । मन्दिरहरूमा स्थापित कृष्णका मूर्तिहरूमा दूध, दही, नौनी, मिष्ठान्न चढाइने छ । वसुदेवले कृष्णलाई टोकरीमा राखी टाउकोमा बोकेर उर्लँदो यमुना नदी पार गरेको कथा पनि सुनिने छ । पिताम्बर र बाँसुरी, वनफूल, गाई—गोरुका विषय पनि कृष्णसँगै जोडेर सम्झिइने छ । गोवद्र्धन पर्वत कान्छी औँलाले उचालेको र वर्षाबाढीबाट गोकुलवासीलाई जोगाएको कथा सुनिने छ । अरु धेरै कुराका साथै श्रीकृष्ण एकसाथ हरेक गोप—गोपिनीसँग रहेको कृष्णको व्यापकताको रहस्यमय कथा पनि सुनिने छ  । कृष्णको भजन गाइने छ । कृष्णको अति उच्च सम्मान (पूजा) गरिने छ । ‘कृष्णार्पणमस्तु (कृष्णलाई समर्पित छ)’ भनिएको प्रसाद खाइने छ । तर, यी सबैबाट शिक्षा लिन भने हामी चुक्दै गरेका छौँ । हामी कि त चुर्लम्म डुब्ने गरी समर्पित छौँ, कि त यी सबैको अर्थ मेसो नपाएर अन्धविश्वास भनेर परैबाट रमिता हेरिरहेका हुन्छौँ । वस्तु जे छ, त्यही छ । घटना जे घट्यो, त्यही घट्यो । कथा जे लेखियो, त्यही पढियो । यतिले मात्र पुग्दैन, ती सबैका कारण खोज्नु, आसय ठम्याउनु र त्यसप्रतिको दृष्टिकोण सही बनाउनु सचेत मानिसहरूको कर्तव्य हो । 

जन्माष्टमी परापूर्व कालदेखि परम्परामा प्राप्त पर्व हो । यसको स्रोत पुराण हो । पुराण भनेको पुरानो हो । पुराना विषयलाई अहिलेको आँखाले हेर्दा काटीकुटी मिलेको जस्तो देखिन्न । यस्ता विषयलाई त्यतिबेलाको दृष्टिले हेनुपर्ने हुन्छ । अहिले हामी स्वाभाविक रूपमा आएको शताब्दीलाई आफैले ल्याएजसरी छाती पिटेर एक्काइसौँ शताब्दी हो भन्छौँ र गर्व गर्दछौँ । यो शताब्दी पछिल्लो र वर्तमान भएको हुनाले यसलाई हामीले अभूतपूर्व मान्दछौँ र हो पनि । हालसम्मका मानव जातिको चेतना, खोज—अन्वेषण, अध्ययन—अनुसन्धान आदिका हिसाबले यो शताब्दि अभूतपूर्व हुनु स्वाभाविक हो । अर्को, बाइसौँ शताब्दी योभन्दा उच्च र उन्नत हुने अपेक्षा राखिन्छ । तर, के यो सबै यही शताब्दीको मात्र परिणाम हो त ? होइन । यस अघिका अनेकौँ खोज—अन्वेषण, अध्ययन—अनुसन्धान, संघर्ष, सिकाइहरूको चेतना र जगमा यो यत्तिको उन्नत भएको हो । 

वास्तवमा इतिहास, परम्परा, जनश्रुति, किंवदन्ती आदि हाम्रा नदेखिने संग्रहालय हुन् । संग्रहालयमा नयाँभन्दा बढी पुराना वस्तुहरूको संग्रह हुन्छ । कुनै खास घटनाले कुनै समयलाई इतिहास बनाइदिन्छ र त्यस समयका सामग्रीलाई पनि संग्रहालयका संग्रहणीय वस्तु बनाइदिन्छ । अहिले पनि हामीले संग्रहालयमा हे¥यौँ भने हाम्रा वीर पुर्खाले वैरीका विरुद्धमा वीरतापूर्वक प्रयोग गरेका पुराना खुँडा, खुकुरी, तरवारहरू देख्न सकिन्छ भने त्रूmरतापूर्वक आफ्नै वंश विनास गर्न प्रयोग गरिएका अत्याधुनिक हतियार पनि देख्न सकिन्छ । इतिहास भनेको भौतिक भकारी या ढुकुटी होइन । यहाँ भएका विषय राम्रै भए पनि जस्ताको तस्तै जीवनमा उपयोग गरिँदैन । नराम्रै भए पनि त्यसलाई मेटाउन सकिँदैन र मेटाउनु हुँदैन पनि । यी सबैबाट मानिसले उचित शिक्षा लिने हो । 

हामीले हाम्रो सांस्कृतिक पर्वहरूलाई उत्सवमय हिसाबले मनाइरहँदा पुर्खाको स्मरण गर्दछौँ । उनीहरूको स्तुति, गुणगान वा प्रशंसा गर्दछौँ । उनीहरूका नाममा खुसी हुन्छौँ । यी सबै क्रियाकलापमा हाम्रा लागि जीवनोपयोगी दृष्टान्तहरू छन्, उपदेश र मार्गदर्शन छन् । 

धर्म— कर्मप्रधान विषय हो । अध्यात्म— चिन्तन हो । कृष्ण— देवता हुन् । जस्ताको तस्तै अपनाउनु— परम्परा हो । राम्रो बनाउनु वा राम्रो हुने गरी काम गर्नु— संस्कार हो । राम्रो हुनु, राम्रो परिणाम प्राप्त गर्नु र त्यसलाई अनुसरण गर्नु— संस्कृति हो । जस्तोसुकै अवस्था र स्थानबाट गतिला विषय छान्नु— विवेक हो ।  

यस हिसाबले हेर्दा अहिलेको उच्च, उन्नत र उपलब्धिलाई भोगिरहँदा विगततर्फ पनि उत्तिकै गहिराइसाथ सोच्न, हेर्न, बुझ्न आवश्यक हुन्छ । 

पूर्वीय परम्पराले हरेक पूर्ववर्ती समय(युग)सँग परवर्ती(पछिल्लो)लाई निरन्तरताको रूपमा ग्रहण गरेको छ । पहिलेको हरेक राम्रो—शक्तिको निरन्तरतालाई स्वीकार गरेको छ । यसलाई अवतार मानेको छ । सत्य युग विष्णुको युग थियो । यस युगमा भएका खोज, संघर्ष, प्राप्ति; आफ्नै औजार—उपकरणहरू, तौरतरिकाहरू आफ्नै प्रकारका थिए । अर्को युगमा युगनायक फेरिएका छन् । उतिबेलाका विष्णु त्रेतामा राम भए । द्वापरमा कृष्ण भए । त्यो आधारभूत शक्तिको निरन्तरता उही छ । सत्य युगका विष्णु, त्रेताका राम र द्वापरका कृष्णका तौरतरिका र औजार—उपकरणहरू क्रमशः फेरिएका छन् । शत्रु फेरिएका छन् । हरेक अघिल्लो युगभन्दा पछिल्लोमा शत्रुको अवस्थिति फेरिएको छ ।

हामीले वेद, पुराणका पाना पल्टाउँदा र पढ्दा हामी देख्न सक्दछौँ, त्यहाँ इन्द्र सबैभन्दा शक्तिशाली देवता छन् । त्यतिबेलाका एकखाले मानिसहरूले आफ्नो प्राण, परिवार, सम्पत्तिहरूको रक्षाका लागि इन्द्रको पुकारा, प्रशंसा र पूजा गरिएका अनेकौँ प्रसंग छन् । इन्द्रको प्रशंसा र पूजा नगरी कुनै यज्ञ सम्पन्न भएका छैनन् । पुराणहरूमा इन्द्रलाई स्वर्गका—देवताहरूका राजा भनेर वर्णन गरिएको छ । यसरी वेद र पुराणहरूमा इन्द्रलाई शक्तिशाली व्यक्तित्वका रूपमा वर्णन गरेको पाइन्छ । 

स्मरणीय छ, हाम्रो हिन्दु सनातन संस्कृतिको आधार वेद र पुराणहरू हुन् । अहिलेका कतिपय बुद्धिजीवी वेद, पुराणहरूलाई यथास्थितिका पक्षपाति ठान्दछन् । उनीहरूका दृष्टिमा वेद, पुराणकै कारण हामी यथास्थितिवादका पक्षपोषक र परिवर्तनका विरोधी भएका छौँ । के यस्तो कुरा सही हो ? वेद, पुराणहरूमा परिवर्तनशीलताका कुनै कथा छैनन् ? 

आज भदौ कृष्ण पक्षको अष्टमी हो । आज हिन्दु सनातनीहरू श्रीकृष्णको जन्म दिन भव्य रूपमा मनाउँछन् । श्रीकृष्णका मूर्तिहरू, पुतलाहरू बनाएर झोलुङ्गामा झुलाउने, उनलाई धुप—दीपसहित पूजा गर्ने, दुध, नौनी, दही, मिश्री, मिठाइहरू अर्पण गरेर प्रसादका रूपमा आपूmले लिने गर्दछन् । श्रीकृष्णका भजन गुञ्जायमान हुन्छ । 

श्रीकृष्णलाई किन मान्ने ? केही विषय माथि उल्लेख गरिएको छ । कृष्णलाई सबैले उच्च सम्मान दिने गर्दथे । सम्मान किन गर्दथे ? कसैलाई सम्मान गर्नु, कसैबाट सम्मान पाउनु चानेचुने कुरा होइन । केही विशेष गुण, विशेषता र कर्म नगरी कसैले सम्मान पाउन सम्भव छैन । श्रीमद्भागवत महापुराणको यो पंक्तिले श्रीकृष्णप्रतिको सम्मानको विषय स्पष्ट पारेको छ—

‘तुभ्यं नमस्तेद्रस्त्वविषक्त दृष्टये सर्वात्मने सर्वधियां च साक्षिणे । गुणप्रवाहोद्रयमविद्ययाकृतः प्रवर्तते देवनृतियगात्मसु अर्थात् अनासक्त, सर्वात्मा, सबै ज्ञानका स्रोत, सबैका साक्षी, अविद्यात्मक गुणका प्रवाहकर्ता, देवता, मानिस एवं पशुलाई आपूmभित्र राख्ने तिमीलाई नमस्कार छ ।’ श्रीकृष्ण लोभी थिएनन्, सबैका मनमा समान थिए, सबैलाई ज्ञान—गुण सिकाउँथे, पक्षपात—भेदभाव गर्दैन थिए, माया या भ्रमबाट मुक्त हुने गुणको प्रवाह गर्ने अर्थात् सबै प्रकारका भ्रमबाट मुक्त हुने विषय बताउँथे, देवता, मानिस, पशु सबैलाई आपूmसरह ठान्दथे । यस्ता विशेष गुणहरूका कारण उनी सम्मानित थिए । यस्ता गुणवानलाई कसले प्रशंसा गदैन र ? यिनै कारणले श्रीकृष्ण जगतका गुरु मानिएका हुन् भनिएको हो— कृष्णं वन्दे जगद्गुरूम् संसारका गुरू श्रीकृष्णलाई नमस्कार गर्दछु । 

अहिलेको अवस्था कस्तो छ ? सूचना तथा सञ्चारबाट वञ्चितहरूका घर—घरमा गएर सारङ्गी रेटेर मनोरञ्जनात्मक रूपमा सूचना र ज्ञान बाँड्ने गाइनेहरू अपहेलित र अछुत बनाइए । यिनीहरूलाई वैदिक साहित्यमा अपहेलित, अछुत र उपेक्षित होइन, देवकोटीमा राखेर पूजा गरिएको पाइन्छ । त्यस्तै, वेदपाठी, कथा पुराण वाचकहरू टपरे बनेर अपमानित हुनुपरेको छ । किन होला ? कारण स्पष्ट छ, हामी वैदिक संस्कार संस्कृतिबाट विमुख बन्दै गएका छौँ । हामीमा एक—अर्काप्रति, उपेक्षा, उँचनीच, अपहेलना, तिरस्कार, तिगडम, गालीगलोज प्रबल बन्दै गइरहेको छ । समानता, सद्भाव, सम्मान र सकारात्मक सोचको विकास नगरी हाम्रा विरासत पुनःजागृत हुने छैनन् । 

हामी संस्कृतिका धनी छौँ । हाम्रो संस्कृतिका अधिकांश स्रोत वेद, पुराण, इतिहास, पुर्खाले  चलाएका परम्परा हुन् । हाम्रो संस्कृतिमा धर्मको, अध्यात्मको, इतिहासको, परम्पराको, प्रकृतिको प्रभाव छ । प्रकृतिसँग संगति मिलेको हुनाले नै हाम्रो धर्म—संस्कृति टिक्न सकेको हो । चातुर्मास, साउने संक्रान्ति, नागपूजा, जनै पूर्णिमा, तीज होस् वा दसैँ—तिहार, छठ, माघे संक्रान्ति, ल्होसार, होली—फागु सबैमा प्रकृतिको संगति छ, चिन्तनको प्रभाव छ र धर्मको अनुसरण छ । हाम्रो संस्कृतिलाई धर्म, अध्यात्म, प्रकृति र परम्पराले बलियो गरी कसेर उभ्याएको छ । हामी यसैका वरिपरि छौँ । हामी इतिहासबाट प्राप्त विशेष दिनहरूलाई पनि परम्परादेखि संस्कृतिकै रूपमा मनाउने गर्दछौँ । श्रीकृष्ण जन्माष्टमी यिनै शृंखलाको एउटा महत्वपूर्ण कडी हो । 

कर्मणा जायते जन्तुः कर्मणैव विलीयते । सुखं दुःखं भयं क्षेमं कर्मणैवाभिपद्यते । कर्मले प्राणी जन्मन्छ र कर्मले नै मर्दछ । सुख, दुःख, भय, मङ्गलको प्राप्ति कर्मले नै हुन्छ ।  (श्रीमद्भागवत महापुराण) श्रीकृष्णका विषयमा यी र यस्ता अनेकौँ विषयहरू छन् । धार्मिक र नास्तिकतावादी अन्धविश्वासबाट मुक्त भएर हाम्रा प्राचीन प्रवन्धहरूबाट लाभान्वित हुन श्रीकृष्णजन्माष्टमीबाट प्रेरणा लिइरहौँ । श्रीकृष्ण जन्मष्टमी पर्व संघर्ष, नेतृत्व र सफलताको सांस्कृतिक स्रोत हो भनेर मान्दा अतिशयोक्ति हुने छैन । 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ०७ बजे