साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जसपा विवाद : महन्थको एजेण्डा राजनीतिबाट किनारा लागेको उपेन्द्र र बाबुरामको स्वार्थी झुण्ड 

काठमाडौं ।  जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरलाई थाहा नदिइ अर्को अध्यक्ष उपेन्द्र यादवले लुम्विनी प्रदेशका आफ्ना मन्त्री र सांसदलाई कारवाहीको पत्र पठाएपछि त्यसले तिब्र विवाद उत्पन्न गरेको  छ ।  प्रदेशदेखि केन्द्रसम्म जसपा नेताहरु बिभाजित भएका छन् । त्यसोत महन्थ ठाकुर र राजेन्द्र महतोसहितका बहुमत नेता र सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सहयोग गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराईसहित पूर्व समाजवादीका नेताहरु ओलीलाइ जसरी पनि हटाउनुपर्ने पक्षमा छन् । तर यो आन्तरिक विवादमा महन्थ ठाकुर र राजेन्द्र महतो प्रभावशाली देखिएका छन् । केन्द्रमा ओलीको समर्थन र विरोधमा राजनीति भइरहेका बेला लुम्बिनी प्रदेशसभाका सदस्यले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा आफूलाइ उभ्याएपछि तलैसम्म विवाद पुगेको हो । मुख्यमन्त्री पोखरेलबिरुद्धको अविश्वासको प्रस्तावका हस्ताक्षर गरेका चार जना एकछिनपछि नै पोखरेलकै मन्त्रीमा नियुक्त भएका थिए । 

उनीहरुलाई कारवाही गरेको उपेन्द्र यादवले दाबी गरेका छन् तर त्यसअघिनै अध्यक्ष ठाकुरले पार्टीको कुनै निर्देशन नरहेको र उनीहरुले उपयुक्त निर्णय गरेको भन्दै कारवाही गर्न नहुने भन्दै अर्को पत्र प्रदेश सभामुखलाई पठाउनुभएको छ  । स्वम चारजना प्रदेश मन्त्रीले आफूहरुलाई कारवाही गर्न कसैले नसक्ने भन्दै यादवलाई त्यो अधिकार नभएको बताएका छन् । तर जसपाभित्रको यो आन्तरिक खिचातानीमा महन्थ ठाकुर र राजेन्द्र महतोहरुले अहिले सत्तालाई भन्दा एजेण्डालाई प्राथमिकतामा राखेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीसँग मधेशका एजेण्डा राख्दै त्यसमा सहमति भएका सरकारलाई समर्थन गर्न सक्ने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले पनि मधेशका जायज एजेण्डा संवोधन गर्न सक्ने त्यसको संकेतका रुपमा मधेश आन्दोलनका क्रममा थुनामा परेका मधेशी पार्टीका कार्यकर्तालाई रिहाइ गर्नुभएको छ । त्यस्तै, अन्य कतिपय मागमा भने छलफल जारी छ । सबै माग प्रक्रिया र कानन बमोजिम क्रमश पुुरा हुनुपर्ने ठाकुरपनि सहमत छन् ।

मधेशी नेताहरुलाई लामो समयदेखि लाग्दै आएको आरोप हो– सत्ताका लागि मधेशका मुद्दा अलपत्र पार्ने । सरकारमा गएपछि कुनैपनि मधेशी मन्त्रीले कहिलेपनि मधेशका एजेण्डाहरु उठाएनन् । त्यहीभएर मधेशी नेताहरुले सत्ताका लागि जस्तो पनि सम्झौता  गर्छन् भन्ने सोच मधेशी जनतामा छ । तर यसपटक त्यो गलत राजनीतिलाई महन्थ र राजेन्द्रले तोडेका छन् । प्रधानमन्त्री परिवर्तन गरेरमात्र नहुने भन्दै मुख्य मुद्दा मधेशका मागको संवोधन भएको उहाँहरुले निरन्तर बताउँदै आउनुभयो । प्रचण्ड, बाबुराम र माधव नेपालहरुले समेत ओलीलाई हटाउन साथ दिन गरेको आग्रह महन्थ ठाकुरले अस्वीकार गर्दै आफ्ना एजेण्डा राख्नुभयो । ती एजेण्डाको संवोधन अरुले नभएर प्रधानमन्त्री ओलीले गर्न सक्ने बिश्वाससमेत राख्नुभयो । नभन्दै ओली र ठाकुरसहितका नेताबीच केही समझmदारी भएका छन् । त्यसैको एक अंशका रुपमा १२० जना मधेश कार्यकर्ता रिहा भएका हुन् ।

महन्थ र महतोले एजेण्डाको नेतृत्व लिएपछि उपेन्द्र र बाबुरामहरुको बदला कुण्ठाको राजनीति जोखिमा परेको छ । उनीहरुले मधेशका एजेण्ठालाई पटक्कै ध्यान नदिएको,एकोहोरो ओलीलाई हटाउने बिषयलाई मात्र एजेण्डा बनाएको भन्दै जसपाका नेता र कार्यकर्तासमेत महन्थ र महतोको पक्षमा उभिन थालेका छन् । 

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ०७ बजे