‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इस्लामाबाद विमानस्थल मार्फत अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

इस्लामावाद – तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरुको मात्रै भएको पनि अधिकारीहरुले बताएका छन् ।

तालिबान विद्रोहीहरुले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरु पाकिस्तान आइपुगेका हुन् ।

अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो ।

छिमेकी देशको सामान्य दायित्वका रुपमा उनीहरुलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।

कतिपय विस्थापितहरुले इस्लामाबाद विमानस्थललाई माध्यमको रुपमा मात्रै प्रयोग गरेर अन्यत्र पनि गएको उनीहरुले जनाएका छन् ।

“पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्” चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भन्नुभयो ।

उहाँका अनुसार यसअघि सोही ठाउँबाट दैनिक १२ हजारले ओहोरदोहोर गर्ने गरेका थिए । यो सङ्ख्या हेर्दा पहिलाभन्दा अहिले सीमानाका प्रयोग गर्नेहरुको सङ्ख्या बढेको छ ।

रासस÷एएनआई

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ५३ बजे