मन्थली विमानस्थलमा पानी पस्यो

एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने (पत्रसहित)

​​​​​​काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको जानकारी दिनुभयो । दल रोज्न भदौ २२ गते कार्यलय समयभित्र सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते प्रमाणिकरण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गर्नुभएपनि नेकपा एमाले र जसपा विभाजन भएको थियो ।
एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रि समाजवादी दल बनेको छ । निर्वाचनले दुवै दललाई यही भदौ ९ गते मान्यता दिएको थियो ।

जारी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोगको आइतबार बसेको बैठकले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो समयभित्र एमाले र जसपाबाट निर्वाचित एका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रदेश गर्न चाहेमा २२ गतेसम्म सनाखत गर्नुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : १९ बजे