एमाले प्रवेश गरे तरुण दलका उपाध्यक्ष, अध्यक्ष ओलीद्वारा स्वागत

कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गर्नुभएको छ  ।

न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ । आज एक कार्यक्रमबीच न्यौपानेलाई पार्टी प्रवेश गराएको हो ।

 पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतका नेताहरुको उपस्थिति थियो ।

२०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्नुभएको थियो । कञ्चनपुर बेलौरी नगरपालिका ४ का न्यौपाने स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति हुनुहुन्छ । न्यौपानेको एमाले प्रवेशसँगै कंचनपुरमा आगामी निर्वाचनमा कांग्रेसलाई थप धक्का पुग्ने आँकलन गरिएको छ ।
 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ४६ बजे